अनेम संघ ओखलढुंगाको अध्यक्षमा पशुपति गुरुङ

अखिल नेपाल महिला संघ जिल्ला कमिटी ओखलढुंगाको अध्यक्षमा पशुपति गुरुङ चयन भएकी छन् । शनिबार जिल्ला सदरमुकाममा सम्पन्न सातौं जिल्ला सम्मेलनले गुरुङलाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा यमकुमारी राई, तस्मीरा बुढाथोकी, सचिवमा बिमला धमला, सह–सचिवमा बालकुमारी खड्का र कोषाध्यक्ष कमला सुनुवार सहित ३८ सदस्यीय अनेम संघ जिल्ला कमिटी गठन भएको छ ।…