नयाँ शैक्षिक सत्रकालागि ओखलढुंगामा पाठ्यपुस्तक आईपुग्याे

नयाँ शैक्षिकसत्रका लागि ओखलढुंगामा पाठ्यपुस्तक आईपुगेकाे छ । जिल्लाका सामुदायिक विद्यालयहरूमा आवश्यक पाठ्यपुस्तकहरू आइपुगेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाले जनाएको छ ।छिटफुट केहि बाहेक जिल्लाका सामुदायिक विद्यालयहरूमा आवश्यक पर्ने सबै पाठ्यपुस्तक आइपुगेको र अधिकांश विद्यालयहरूले लगि सकेको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख भरत भट्टराईले बताए ।जिल्ला स्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको समन्वयमा…